दफा २२
ऐन स्वीकृत र लागू हुँदाको बीचमा नियम वा उपनियम बनाउने र आदेश जारी गर्ने बारे

पारित हुनासाथ लागू नहुने गरी बनेका कुनै नेपाल ऐनद्वारा नियम वा उपनियमहरू बनाउन, ऐन लागू गर्नालाई कुनै आदेश जारी गर्ने, कुनै अड्डा, अदालत खडा गर्ने, त्यस्तो अड्डा, अदालतमा न्यायाधीश वा मुद्दा हेर्ने अधिकारी, अधिकृत भर्ना गर्ने वा मानिस, समय, ठाउँ, रीत वा दस्तुरको निमित्त ऐन बमोजिम केही गर्नु परेमा त्यो ऐन वा नियम पारितभइसकेपछि जैलेसुकै भए पनि त्यो अख्तियारी प्रयोग गरे हुन्छ तर यसरी बनेका वा निकालिएका आदेश, नियम वा उपनियम सो ऐन चालू नहुन्जेल लागू हुँदैनन्।